Loader

एफवान सफ्टको एक्स्टेन्सो डाटा:आर्टिफिसियल इन्टेलीजेन्सको सहायताले ब्यापार बढाउँन साथ दिने

  • Home
  • News
  • एफवान सफ्टको एक्स्टेन्सो डाटा:आर्टिफिसियल इन्टेलीजेन्सको सहायताले ब्यापार बढाउँन साथ दिने

Sep 13, 2021 | 08:46:46 AM मा प्रकाशित

" भएका वा आवश्यक डाटाहरुलाई एकीकृत गरि कृत्रिम बुद्धिमत्ताको सहायताले व्यवसायिक निर्णय लिन सकिने यस एक्स्टेन्सो डाटाको मुख्य बिशेषता हो। अर्को शब्दमा भन्नुपर्दा,  कृत्रिम बुद्धिमत्ता र मेसिनरी लर्निंङलाई मिश्रण गरि डाटाहरुको विश्लेषण र प्रयोग गरेर व्यवसायिक निर्णय लिनलाई यो कम्पनीले सहयोग पुर्याउछ।"

....................................................................................................................................

भुक्तानी प्रणालीलाई प्रविधिसँग जोडेर सहज र सस्तो सेवा दिने सँस्थाको रुपमा परिचित एफवान सफ्टले अत्याधुनिक सोच सहित फेरी अर्को नयाँ सुरुवात गरेको छ। डिजिटल भुक्तानी प्रणालीमा नयाँ उचाईमा पुर्याएको इसेवा र क्युआर कोड जस्तो सेवा ल्याईसकेको एफवान सफ्टले अहिले फेरी कुनै पनि सँस्थासँग भएका वा उपलब्ध तथ्यांक डाटा को प्रयोग गरि भईरहेको व्यवसायलाई थप बिस्तार गर्नलाई सहयोग पुग्ने गरि 'एक्स्टेन्सो डाटा' सँस्थाको नामबाट नयाँ सेवा संचालनमा ल्याएको हो।

भएका वा आवश्यक डाटाहरुलाई एकीकृत गरि कृत्रिम बुद्धिमत्ताको सहायताले व्यवसायिक निर्णय लिन सकिने यस सँस्थाको सेवाको मुख्य बिशेषता हो। अर्को शब्दमा भन्नुपर्दा,  कृत्रिम बुद्धिमत्ता र मेसिनरी लर्निंङलाई मिश्रण गरि डाटाहरुको विश्लेषण र प्रयोग गरेर व्यवसायिक निर्णय लिनलाई एक्स्टेन्सो डाटा नामक कम्पनीले सहयोग पुर्याउछ। 

सिधा शब्दमा भन्नुपर्दा एक्स्टेन्सो डाटा नामक यस संस्थाले आफ्ना सेवाग्राहिको लागि अर्थात आफ्ना ग्राहकको लागि डाटा सल्लाहकारको रुपमा काम गर्दछ। उपभोग गर्ने ग्राहक नभई सेवा तथा सुविधा प्रदान गर्ने व्यवसायिक संघ सँस्था तथा कर्पोरेट हाउसहरु यसका ग्राहक हुन्। बैंक वित्तीय सँस्था तथा अरु ति संघ सँस्था जसले भएका उपलब्ध डाटाहरुको प्रयोग गरि त्यसको आधारमा व्यवसायिक निर्णय लिएर आफ्नो व्यवसाय थप बिस्तार गर्न चाहन्छन सबै यसका ग्राहक हुन सकछन।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेश गौतम का अनुसार एक्स्टेन्सो डाटा नामक यस संस्थाले अहिले बिभिन्न ४ प्रकारका सेवाहरु आफ्ना ग्राहकलाई दिइरहेको छ।

एक्स्टेन्सो डाटाले दिईरहेका सेवाहरु:

  1. डाटा इन्जियरिंङ
  2. प्रोसेस अटोमेसन
  3. बिजनेस एनालाइसिस 
  4. फरकास्टिङ 
  5. प्रोसेस अप्टिमाइजेसन   

एक्स्टेन्सो डाटाका प्रोडक्टहरु:

  1.  फोन लोनस्
  2.  अटोमेसन बजेट प्लानिङ एण्ड मोनिटरिङ  
  3.  क्रस सेलिंग
  4.  क्रेडिट स्कोर, 
  5.  कस्टमर ३६० डिग्री 
  6.  डाटा लेक, वेयरहाउस एण्ड बिजनेस इन्टेलिजेन्स सोलुसन 

सुरेश गौतम, प्रमुख कार्यकारी अधिकृत, एक्सटेन्सो डाटा

कृत्रिम बुद्धिमत्ता र मेसिनरी लर्निंङको सहायताले सँस्थाहरुलाई उनीहरुले चाहेको यी प्रोडक्ट मध्ये सबै वा कुनै एउटा सेवा दिईरहेको छ। अहिले आफुहरुले यी सेवाहरु बैंक तथा वित्तीय सँस्थाहरु तथा अस्पतालहरुमा दिईरहेको सँस्थाका हेड अफ बिजनेश स्ट्र्याटेजी बिशाल पौड्यालले बिजपाटीसँगको कुराकानीमा बताएका छन्।

एक्स्टेन्सोले ल्याएका बिभिन्न प्रोडक्ट मध्ये आम सर्वसाधारणले महसुस गर्ने गरि आएको प्रोडक्ट भनेको फोन लोन हो। बैंकहरुलाई उनीहरुको ग्राहकको बैंकिङ कारोबार लगायतका बिषयलाई आधार मानेर एक्स्टेन्सो ले स्कोर तयार गर्दिन्छ र त्यहिअनुसार फोन मार्फत केहि सेकेन्डमै कति रुपैयाँ ऋण दिने भन्ने भन्ने निर्णय गर्छ र ग्राहकले पनि त्यहि अनुसार सुविधा प्राप्त गर्दछ। 

नेपालको बैंकिङ प्रणालीमा पछिल्लो समय चर्चामा रहेका सुविधा मध्ये फोन लोन पनि एक हो। अधिकांश ग्राहकले यसलाई अप्ठ्यारोमा गुर्जो टार्ने सुविधाको रुपमा समेत लिएका छन्।      

अटोमेसन बजेट प्लानिङ एण्ड मोनिटरिङ भन्नाले बजेट बनाउन र बनाइएको अनुसार काम भए नभएको हेर्नलाई तथा व्यवसायिक निर्णयलाई मद्दत लिन सकिने सेवा हो। 

त्यस्तै क्रस सेलिंग सेवामा ग्राहकले लिईरहेको सेवामा उस्तै वा दुरुस्तै वा थप अर्को सेवा वा सुविधा प्रदान गर्नुपर्यो भने अर्को सँस्थाको उत्पादन बस्तु वा सेवा पनि बिक्रि गर्ने निर्णय लिने काम पर्दछ।

त्यस्तै क्रेडिट स्कोर भन्नाले ग्राहकले प्रयोग गरिरहेको सेवा सुविधा वा उसको वित्तीय ब्यवहारबाट अंक उत्पादन हुन्छ र त्यहि अंकको आधारमा सम्बन्धित बैंक वित्तीय सँस्था वा कर्पोरेट हाउसले आफ्ना ग्राहकलाई थप वा अर्को वा सोहि सेवालाई पनि थप बृस्तृत गर्न सक्दछ। जस्तो बैंकींङ कारोबारको आधारमा कतिको लिमिटको क्रेडिट कार्ड दिने, सपिङको आधारमा कति छुट दिने जस्ता धेरै कुराहरु यस भित्र पर्दछन।

कुनै पनि बैंक वित्तीय संस्थामा काम गर्ने जिम्मेवार व्यक्तिले ग्राहकलाई कर्जा दिने नदिने भन्ने निर्णय लिंदा कहिले काहीं गम्भीर त्रुटी पनि हुन सक्छ। तर एक्स्टेन्सो डाटा को क्रेडिट स्कोर सेवा लिंदा सबै प्रकृयाहरु कृत्रिम बुद्धिमत्ताको सहायताले लिईन्छ र त्यहिअनुसार निर्णय गरिन्छ, जसले गर्दा उसलाई ऋण दिने कुरामा कम जोखिम हुन्छ।     

त्यस्तै कस्टमर ३६० डिग्री  सेवा अन्तर्गत कुनै पनि बैंक वित्तीय सँस्था वा कर्पोरेट हाउसले आफ्नो ग्राहकको बारेमा सानो सानो जानकारी पनि राख्न, उस्तै वा दुरुस्तै ग्राहकलाई जोड्न, ग्राहकको वित्तीय अवस्था थाहा पाउन सक्दछ र त्यहि अनुसार सम्बन्धित सँस्थाले आफुसंग भएको सेवा वा सुविधा उक्त ग्राहकलाई उपलब्ध गराउने कि नगराउने भन्ने निर्णय लिन सक्दछ।

एक्स्टेन्सो डाटा ले प्रदान गर्ने सेवाहरु लिंदा बैंक वित्तीय सँस्था वा कप्रोरेट हाउसलाई हुने फाइदा

१। कृत्रिम बुद्धिमत्ताको सहायताले उपलब्ध तथ्यांकको अध्ययन र मुल्यांकन हुने भएकाले यसमा मानवीय त्रुटी कम हुन्छ। 

२। यो आफैंमा मेसिनरी लर्निंग भएकाले धेरै ह्युमान क्यापिटलको आवश्यक नपर्ने हुँदा मानवीय स्रोत साधनको लागि हुने ठुलो खर्च बचत हुन्छ। 

३। भईरहेका ग्राहकलाई थप सेवा जोड्न सकिने हुँदा व्यवसाय बिस्तार भई आम्दानी बढ्छ। 

४। काममा प्रभावकारिता, विश्वसनीयता तथा गुणस्तरीयता बढ्छ। 

५। संचालन खर्च घट्ने हुँदा आम्दानी बढ्ने भई नाफा बढ्छ। 

हालसम्म सेवा लिएका संस्थाहरु 

बिशाल पौड्याल, हेड अफ बिजनेश स्ट्र्याटेजी, एक्सटेन्सो डाटा

...........................................................................................................................................................................................

करिब ३ बर्षदेखि नै यो सँस्थाले काम गरिरहेको भएपनि हालै पछिल्लो ६ महिना यता मात्रै एक्स्टेन्सो डाटा ले आफ्नो व्यवसाय सुरु गरेको छ। पहिलो बर्ष अध्ययन र अनुसन्धानमा, दोस्रो बर्ष योजनामा र तेस्रो बर्ष बजार तयार गर्नमा लगाएकाले हालै मात्र आफुहरु बजारमा आएको को भनाई छ। उनकाअनुसार अहिलेसम्म सेवा लिने सँस्थामा सिभिल बैंक, कामना सेवा विकास बैंक, नबिल बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, मेगा बैंक र सिटिजन्स बैंक रहेका छन्। 

आफुहरुको काम गरिरहेको महत्त्वपूर्ण धरातल बैंक वित्तीय संस्था भएकाले एक्स्टेन्सो डाटा को सेवा पनि सुरुवाती दिनमा बैंक वित्तीय सँस्थाबाट गरिएको उनको भनाई छ। सुरुवात बैंक वित्तीय सँस्थाबाट गरीएपनि अहिले केहि अस्पतालहरुमा समेत जोडिने क्रम सुरु भएको र विस्तारै सबै निजि क्षेत्र तथा सरकारी संघ सँस्थामा पुग्ने लक्ष्य रहेको उनको भनाई छ। 

बिशेषगरि ग्राहकहरुसँग जोडिएर प्रत्यक्ष रुपमा सेवा प्रदान गर्ने संघ सँस्था वा कर्पोरेट हाउसहरुको लागि आफुहरुको यो सेवा धेरै फाइदाजनक भएको भनाई छ। आफुहरुले आफ्नो सेवा बिजनेश सेयरिंग मोडल तथा प्रोडक्ट बिक्रि को मोडलमा गरिरहेको सीईओं गौतमको भनाई छ। यदि कसैले एक्स्टेन्सो डाटा ले उपलब्ध गराउने प्रणाली आफ्नो सिस्टममा राख्न चाहन्छ भने उससंग दुईवटा मोडल अर्थात् एउटा बिजनेस सेयरिंग वा प्रोडक्ट खरिद गर्ने विकल्प हुने उनले बताए। 

जुनै मोडल प्रयोग गरे पनि प्राविधिक सेवा भने निरन्तर रहन्छ। एक्स्टेन्सो डाटा ले निर्माण गरिदिने सिंगो प्रणाली अर्थात ुइन्जिनु सेवा लिने बैंक वित्तीय सँस्था वा कर्पोरेट हाउसको सम्पति हुन्छ। एक्स्टेन्सो डाटा मा अहिले ३५ जना कर्मचारी रहेका छन् भने यसको केन्द्रिय कार्यलय जावलाखेलको मुभर तथा शेकर भवनमा रहेको छ। 

Interview by https://bizpati.com/dristikon/52608